सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटी बीच बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले नेपाल मेडिसिटी अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा विशेष सहुलियत पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?