लमजुङ अस्पतालका कर्मचारीले बुझाए ७ बुँदे मागसहित ज्ञापनपत्र

लोकपथ
65
Shares

लमजुङ । लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालयमार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी आज जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रापा, जनपा पार्टी कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएका हुन् । नेपाल सरकार र मानव विकास सामुदायिक सेवा केन्द्र बीच २७ कात्तिक २०७७ माते भएको सम्झौता समय अवधि हुँदाहुँदै विविध कारण देखाई एकतर्फ गण्डकी प्रदेश मन्त्री परिषद्को वैठकद्वारा सम्झौता भंग गरिएकोमा आफूहरूको ध्यानाकर्षण भएको बताइएको छ ।

सरकारको उक्त निर्णयमा कर्मचारीको व्यवस्थाको बारेमा कुनै पनि व्यहोरा उल्लेख नगरिएकोले सो बारेमा यथाशीघ्र लिखितपत्र साथ कर्मचारीको मागलाई सम्बोधन गरिदिन अनुरोध गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीलाई अस्पताल विकास समिति गठन गरी समितिको स्थायी गराउनुपर्ने, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्पतालले बिरामीलाई प्रदानगर्दै आएका सेवा नघटाइदिनुपर्ने, कर्मचारीले खाइपाई आएको सेवासुविधा कायम हुनुपर्ने लगायतका माग राखेर अस्पताल कर्मचारीले ज्ञापनपत्र बुझाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?