नाम बिगारेर नागरिकतामा हस्ताक्षर गर्नेको हात भाँच्नुपर्छ : सांसद सुनार

लोकपथ
78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाममा आपत्ति जनाएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले जातीय विभेद गर्दै तत्कालिन प्रशासनले नाम बिगारेर नागरिकता दिएकोमा आपत्ति जनाएका हुन् ।

उनले बैठकमार्फत गृहमन्त्री समक्ष बिगारिएका नामहरु सच्याउन माग गर्दै दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिँदा अपमानपूर्वक नाम राखिएको बताए । उनले यस्तो त्रुटीहरुको खोजि गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरेका छन् ।

दुरदराजका दलितहरुको नाम बिगारेर नागरिकतामा हस्ताक्षर गर्नेको हात भाँच्नुपर्ने भनेका उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?