बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ ।

बैंकले वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकहरुको लागी विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदर सहितको योजना ल्याएको हो ।

ग्राहकहरुका लागि वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले जनाएको छ ।
आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय व्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको बैंकले जनाएको छ ।

यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ्ग निक्षेप खातावाहक ग्राहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ ।

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजानिक गरिएको बैंकको दाबी रहेको छ । खातावाहक ग्राहकहरुको वर्तमानको वित्तीय व्यवस्थापनसहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुविधा रहेको छ ।

न्यूनतम कुल मौज्दात २ लाख रुपैयाँ भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको बताइएको छ ।
साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?