जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् ।

सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।

उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जितेपनि हारेपनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए । आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो ।

उनले जुम्लाले आफूलाई हराएपनि कुनै पश्चाताप नरहने बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?