वाणिज्य बैंकहरुलाई टक्कर दिँदै मुक्तिनाथ र गरिमा

लोकपथ
130
Shares

काठमाडौं । खुद मुनाफा आर्जनमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकहरुले वाणिज्य बैंकहरुलाई नै टक्कर दिएका छन् । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरु मध्ये पछिल्लो समय खुलेका कान्छा वाणिज्य बैंकहरुको खुद मुनाफा एक अर्ब रुपैयाँको हाराहारीमा रहेको अवस्थामा विकास बैंक भएर पनि मुक्तिनाथ र गरिमाले खुद मुनाफा आर्जनमा ती वाणिज्य बैंकहरुलाई टक्कर दिएका हुन् ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरु मध्येमा ८ वटाले राष्ट्रियस्तरमा कारोबार सञ्चालन गर्दै आएका छन् । तीमध्ये आर्थिक वर्ष २०७८-०७९ मा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाथले आव २०७८-०७९ मा एक अर्ब ३७ करोड २५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा गरिमाले एक अर्ब पाँच करोड ६६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आव भने मुक्तिनााथले एक अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा गरिमाले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

महालक्ष्मी विकास बैंकले भने आव २०७८-०७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ज्योति विकास बैंकले ७० करोड १५ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः ६६ करोड ९९ हजार र ६३ करोड ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

लुम्बिनी विकास बैंक र शाईन रेसुंगा डेभलपमेन्ट बैंकले पनि आव २०७८-०७९ मा क्रमशः ६७ करोड ५६ लाख ३२ हजार र ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ४३ करोड ३९ लाख ६७ हजार र ५० करोड ३७ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७८-०७९ कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकले भने क्रमशः ६३ करोड ९ लाख ७५ हजार र ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी दुई बैंकहरुले क्रमशः ५९ करोड ८१ लाख ७५ हजार र ४१ करोड ८० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?