बालुवाटारमा सुरु भयो गठबन्धन कार्यदलको पहिलो बैठक

लोकपथ
208
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको मोडालिटी तयार गर्नका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको कार्ययोजना तयार गर्नका लागि गठित समितिको बैठक बसेको हो ।

यो गठबन्धनको कार्यदलको पहिलो बैठक हो ।

गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईरदुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

कार्यदललाई आवश्यक परामर्शसहित साउन अन्तिमसम्म गठबन्धनलाई सिट बाँडफाँटको मोडालिटीबारे कार्ययोजना प्रस्तुत गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?