माइपेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रुपैयाँ

लोकपथ
104
Shares

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषतासहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक रुपैयाँ नै हुने गरी माई पे क्वाइन सार्वजनिक गरिएको हो ।

माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यसमार्फत मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशत, टेलिभिजन तथा इन्टरनेटको बिल भुक्तानीमा समान २ प्रतिशत र हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै क्यासब्याक सुविधा दिइएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाडिएको माई पे को भनाइ छ ।

माई पे बाट एक हजार रुपैयाँको मोबाइल टपअप गर्दा ४ प्रतिशतका दरले ४० रुपैयाँ फिर्ता पाउने र जसमध्ये २० रुपैयाँ क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिने माई पे ले बताएको छ । त्यस्तै, बाँकी २० रुपैयाँ क्वाइनको रुपमा जम्मा हुने व्यवस्था रहेको छ ।

माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ । यसरी प्राप्त भएको क्वाइन ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । यदि पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ भने अर्को कारोबारका रुपमा एक हजार रुपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गर्दा माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

जसमध्ये पहिलो विकल्प छनौट गर्दा वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ । दोस्रो विकल्पको रुपमा वालेटमा बैंक लिंक भएको भए बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । त्यस्तै, तेस्रो विकल्पका रुपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिने माई पे ले जनाएको छ ।

जस्तो एक हजारको बिल तिर्दा ९ सय ८० रुपैयाँ वालेटमा भएको रुपैयाँबाट र बाँकी २० रुपैयाँ नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सकिने छ । यस्तो खालको भुक्तानी पछि पनि क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सकिने छ ।

प्राप्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले बताएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइएकाले समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याइएको’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?