डिसहोमको १ वर्षको रिचार्ज अफर : ज्ञान बहादुर खड्का र विजय कुमार घर्तीले जिते नगद एक लाख

लोकपथ
52
Shares

काठमाडौं । डिसहोमको वार्षिक रिचार्ज योजनाअन्तर्गत एक भाग्यशाली ग्राहकले एक लाख रुपैयाँ जितेका छन् । माडि गापा ४ घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय विजय कुमार घर्तीले एक लाख जितेका छन् ।

नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्ती गाउँ राेल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाइ चन्द्र घर्तीकाेमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित विष्टबाट डिलर दाइहरु चन्द्र घर्ती, भवन सिंह बुढा, ससिराम बुढाको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको छ। विजेता खड्कालाई बधाई दिँदै सम्पुर्ण डिसहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?