खेलाडीहरुलाई पनि पेन्सन दिनुपर्छ : सांसद गुरुङ

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

आज (साेमबार) बसेको राष्ट्रियसभा बैठकको विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाली काँग्रेसकी सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छिन् ।

खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धिसमेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याएकी छिन् ।

बैठकमा उनले युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासोसमेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?