सेयर बजारमा १७.६८ अंकको गिरावट

लोकपथ
52
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा फेरि गिरावट आएको छ । आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा सोमबार पुन: गिरावट देखिएको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक १७.६८ अंकले घटेर २१०६ दशमलव ६८ बिन्दुमा पुगेको छ ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.४४ अंकले बढेर ४०६.११ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेक अन्य सबै सूचकको सेयर मूल्य घटेको छ ।

आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार पनि शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७१ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?