नर्भिक अस्पताललाई महानगरको २४ घण्टे अल्टिमेटम

लोकपथ
273
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पताललाई नियम विपरीत बनाएका टहरा हटाउन भन्दै पत्र काटेको छ ।

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को आदेशमा अस्पतालले सरकारसँग लिजमा लिएर प्रयोग गर्दै आएको १ रोपनी ८ आना जग्गा सहमती अनुसार प्रयोग नभएको बताउँदै महानगरले खाली गर्न २४ घण्टे अल्टिमेटम जारी गरेको हो ।

महानगरद्धारा जारी अल्टिमेटममा नियम उल्लंगन भएको जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएकाले अस्पतालको चमेनागृह लगायतका भौतिक संरचना हटाउन भनिएको महानगरका विभागिय प्रमुख सुरज शाक्यद्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।

महानगरले दिएको समयमा संरचना नहटाए आवश्यक कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?