सुर्खेतमा परिवार नियोजनको माग ७६ प्रतिशत

सुर्खेत । सुर्खेतमा परिवार नियोजनको माग ७६ प्रतिशतले वृद्धि भएको छ । 

पाँचौ राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा कार्यक्रमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले यस्तो जानकारी दिएको हो ।

परिवार नियोजनका साधनमा कण्डम, पिल्स, डिपोलगायतका साधनहरुको प्रयोगकर्ताको संख्या करिब ५६ हजार रहेको जानकारी कार्यालयका अधिकृत बसन्तमान श्रेष्ठले जानकारी दिए । 

परिवार नियोजनाका साधनहरुको प्रयोगकर्ता सुर्खेतमा करिव ५६ हजार रहेको र नयाँ १४ हजार ४ सय ६१ तथा पुराना ४१ हजार ५ सय ३१ गरी कूल ५५ हजार ९ सय ९२ जना प्रयोग कर्ताहरु रहेको श्रेष्ठले जनाकारी दिए ।

उनले परिवार नियोजनका साधनहरुको प्रयोग दर बढाएर प्रजनन् दर घटाउनका लागि विभिन्न कार्यक्रमहरु भइ नेपालमा परिवार नियोजन साधन प्रयोगकर्ता ४३ प्रतिशतमात्रै रहेको र अझै ५७ प्रतिशतले प्रयोग नगरेको पाइएको बताउँदै अझै परिवार नियोजन प्रयोग गर्दा हुने फाइदाबारे जनचेतना बढाउन आवश्यक रहेको उल्लेख गरे ।

किशोरीहरुको उमेर नपुग्दै विहा हुने, कम उमेरमा बच्चा जन्माउने, असुरक्षित गर्भपतन गर्ने समस्याले जटिला थपिंदै गएको उनको भनाइ छ । 

जिल्ला जनस्वास्थ्य अधिकृत धीरजंग शाहले नेपालमा परिवार नियोजनको माग ७६ प्रतिशत रहेको र त्यसमा पनि २५ प्रतिशतले पाउनै नसकेको बताए । 

उनले परिवार नियोजन भनेको जनसंख्या घटाउने मात्र नभइ जनसंख्याको व्यवस्थापन पनि हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?