१३ चैत्र २०७९, सोमवार

राप्रपाका मन्त्रीहरुको रोचक दैनिकी, सिंहदरबार चिनेनन् !

२०७४,आश्विन,३०,सोमवार १२:३३

0
Shares

काठमाडौं, ३० असोज– संसद विघटन हुने साँझ पद तथा गोपनियताको सपथ खाएका राप्रपाका मन्त्रीहरु अहिलेसम्म मन्त्रीको हैसियतामा सिंहदरबार पस्न पाएका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी नदिँदा उनीहरु सिंहदरबार प्रवेश नगरेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दिलनाथ गिरी, विक्रम पाण्डे र जयन्त चन्दलाई शनिबार मन्त्री गरेका थिए । भने थप ४ जनालाई राज्यमन्त्रीको पनि बनाएका थिए । तर, देउवाले जिम्मेवारी नदिएपछि अहिलेसम्म उनीहरु मन्त्रालय जान नपाएका हुन् । उनीहरु अहिले बधाई थाप्नमा मात्र सीमित भएका छन् । यस्तै मन्त्रालयमा बसेर महत्वपूर्ण कार्यसम्पादन गर्नुपर्ने उनीहरु अहिले घरमै आरामका साथ बसिरहेका छन् ।राप्रपाका महामन्त्री तथा विनाविभागिय मन्त्री जयन्त चन्दले जिम्मवेवारी नपाएकाले अहिले आफू घरमै रहेको बताए । चन्द जस्तै सबै मन्त्रीको अवस्था यसभन्दा फरक रहेको छैन ।मन्त्रीहरुले केहि दिनमै जिम्मेवारी पाउने विस्वास समेत व्यक्त गरे ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीको बर्हिगमन चाहेका छन् ।तर, माओवादी केन्द्रले सरकारबाट नबाहिरिने बताएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६