अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित

लोकपथ
312
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्।

निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्राली र अभिनेता सिग्देलबीच आइतबार लिखित सम्झौता भएको हो। पछिल्लो समय पर्दामा नदेखिएका अभिनेता सिग्देलले आफूलाई सुहाउँदो भूमिका पाएपछि फिल्ममा काम गर्न सम्झौता गरेको बताएका छन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने बताइएको छ।

केहि फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन् ।

नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यन पछिल्लो समय फिल्म ‘चच हुई’ मा देखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?