जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कांग्रेसको निर्णय

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा देशभरबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागेको हो ।
जसमा कांग्रेसबाट निर्वाचित मेयर उपमेयर, अध्यक्ष उपाध्यक्षसहित जिल्ला समन्वय समितिका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।

यसअघि नै नेताहरुबीच सो विषयमा छलफल भएको र आज बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले सो विषयमा आधिकारिक निर्णय भएको नेपाली कांग्रेस कार्यालयका सचिव केशव रिजालले लोकपथलाई जानकारी दिए ।
प्रशिक्षण तथा अभिमुखीकरणसम्बन्धी भेला साउन ३० र ३१ ग्ते काठमाडौंमा हुने उनको भनाइ रहेको छ ।

‘यसअघि पनि यस विषयमा छलफल भएको थियो । आज बसेको पार्टीको शीर्ष नेताहरुको बैठकले त्यसलाई कार्यान्वयन गर्नुपर्ने निर्णयमा पुग्नुभएको हो । प्रशिक्षण तथा अभिमुखीकरणसम्बन्धी भेला साउन ३० र ३१ गते काठमाडौंमा हुनेछ ।’ उनले भने ।

यसअघि अन्य दलहरुले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?