कक्षा ११ र १२ का विद्यार्थीलाई सानिमा बैंकले खुलायो छात्रवृत्ति

लोकपथ
143
Shares

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ ।

बैंकले काठमाडौं उपत्यका बाहिरका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गर्दै छात्रवृत्तिको आवेदन खुला गरेको हो ।

विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट समान दुई जना विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

पहिलेदेखि नै विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति दिँदै आएको र यसपटक पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको बैंकले जनाएको छ ।

बैंकले दिने छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति अन्तरगत प्रति महिना दुई हजार गरी प्रत्येक विद्यार्थीलाई पचास हजार रुपैयाँ दिइने छ ।

छात्रवृत्तिका लागि आवेदन आगामी भाद्र ३१ गतेसम्म काठमाडौ उपत्यका बाहिरका शाखाहरुबाट दिन सकिने बैंकले बताएको छ ।

संस्थागत तथा सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा बैंकले शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?