चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

लोकपथ
611
Shares
TOPSHOT – Tourists look on as a Chinese military helicopter flies past Pingtan island, one of mainland China’s closest point from Taiwan, in Fujian province on August 4, 2022, ahead of massive military drills off Taiwan following US House Speaker Nancy Pelosi’s visit to the self-ruled island. – China is due on August 4 to kick off its largest-ever military exercises encircling Taiwan, in a show of force straddling vital international shipping lanes following a visit to the self-ruled island by US House Speaker Nancy Pelosi. (Photo by Hector RETAMAL / AFP)

काठमाडौं । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।

अमेरिकी वरियाताक्रममा राष्ट्रपतिपछिकी पेलोसीको भ्रमणपछि वासिंगटनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृंखला समाप्त पारिदिएको छ । विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा गरिएका सहयोग सम्झौत अन्त्य गरिदिएको हो ।

ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरू पनि तैनाथ गरेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?