गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको पहिलो बैठक बस्दै

लोकपथ
468
Shares

काठमाडौं । आगामी निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दैछ ।

प्रदेश र संघीय निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित सुझाव दिन गठित सत्तारूढ पाँचदलीय कार्यदलको पहिलो बैठक आज बस्न लागेको हो ।

बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदलका एक सदस्यले बताए ।

पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने कार्यदलको तयारी छ ।

पाँचदलीय सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गर्ने निर्णयसहित सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापासहित नेताहरु कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दै छ ।

यता आजै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग सिट बाँडफाँटका विषयमा छलफल गरेका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?