गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक फेला

लोकपथ
624
Shares

काठमाडौं । नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् ।

भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन् । उनीहरूले फार्ममा गाई र सुँगुरको रगतमा पनि कणहरू फेला पारेका एउटा अध्ययनलाई उद्धृत गर्दै बेलायतको सञ्चार माध्यमा दि गार्जियनले जनाएको छ ।

परीक्षण गरिएका तीन चौथाई मासु, दुध उत्पादन र तिनीहरूको प्रत्येक रगत नमूनामा प्रदूषण पत्ता लागेको थियो ।

मार्चमा भीयूए अनुसन्धानकर्ताहरूले पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक रिपोर्ट गरेका थिए । तिनीहरूले पशुमा उत्पादनहरूमा अध्ययन सञ्चालन गर्न पनि मानिसमै गरिएको प्रक्रिया अनुसरण गरेका थिए । रगतमा कणहरू फेला पर्दा ‘उनीहरू शरीरको वरिपरि घुम्न सक्ने र अंगहरूमा बस्ने प्रतिवेदनमा उल्लेख छ ।

कणहरूले मानव वा पशु स्वास्थ्यलाई असर गर्छ वा गर्दैन भन्ने बारेमा अध्ययन गर्न बाँकी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?