पुसदेखि सञ्चालन हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

लोकपथ
104
Shares

काठमाडौं । आगामी पुस १७ अर्थात् जनवरी १ बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाे छ ।

आज (आइतवार) बसेको नेपाल उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

२२ अर्ब रुपैयाँ  कूल लागत रहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले ९८ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?