सासू र श्रीमतीमाथि आगो लगाएर फरार भए ज्वाइँ

लोकपथ
611
Shares

काठमाडौं । महोत्तरीमा ज्वाइँले सासू र श्रीमतीको हत्या गर्ने प्रयास गरेका छन् । गए राति जिल्लाको भंगहा नगरपालिका-९ स्थित कञ्चनवनमा ज्वाईँले सासू र श्रीमतीमाथि आगो लगाएर हत्या गर्न खोजेका हुन् ।

सोही नगरपालिकाको वडा नम्बर ८ घर भई ससुरालीमा नै बस्दै आएका ज्वाइँ शंकर सदाले ६५ बर्षीया सासु रेश्मा देवी सदा र ३५ बर्षीया श्रीमती प्रमिला देवी सदामाथि मट्टितेल खनाएर आगो लगाएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

घरायसी विवाद हुँदा शंकरले सासू र पत्नीमाथि आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको रहेको डिएसपी विष्टले लोकपथलाई जानकारी दिए । आगोले डढेका सासू र श्रीमतीलाई भने उपचारकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको तर, त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको विष्टले बताए ।

आगो लगाएका शंकर फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । साथै, शंकर फेला नपरुन्जेल घटनाबारे विस्तृत विवरण नआउने पनि विष्टले बताए । शंकर एक बर्षदेखि ससुरालीमा नै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?