विद्यार्थीको सफलता नै सेन्ट लरेन्सको प्रतिबद्धता (भिडियाेसहित)

लोकपथ
1.6k
Shares

काठमाडौं । २५ वर्षको विरासत, वर्षेनी अब्बल नतिजा, पढाईका साथै करिअर काउन्सिलिङमा जोड, अनुशासित वातावरण, प्रविधिमैत्री शिक्षा, योग्य अध्यापकहरुको समूह । यिनै गुण र विशेषताका कारण हरेक वर्ष सयौं विद्यार्थीको रोजाईमा पर्छ- चावहिलस्थित सेन्ट लरेन्स कलेज ।

यतिबेला कक्षा ११ र १२ सञ्चालित कलेजहरुमा भर्नाको कुम्भमेला नै लागेको छ । त्यही मेलोमा छ, सेन्ट लरेन्स पनि । विज्ञान, व्यवस्थापन, मानविकी, कानूनका विषयहरु अध्यापन गराउँदै आएको कलेजले यसवर्ष कक्षा ११ मा झण्डै ८ सय विद्यार्थी भर्ना लिने लक्ष्य राखेको प्रिन्सिपल पुरुषोत्तम महर्जन बताउँछन् । जसका लागि कलेजले दुईवटा अनलाइन र दुईवटा भौतिक उपस्थितिमै प्रवेश परीक्षासमेत लिइसकेको छ । ती परीक्षामा उल्लेख्य विद्यार्थीहरुले सहभागिता जनाएको उनले बताए ।

‘हामीले विज्ञानमा ६ सेक्सन, व्यवस्थापनमा १० सेक्सन, मानविकी र कानूनमा एक-एक वटा सेक्सन सञ्चालन गर्छौँ,’ प्रिन्सिपल महर्जन भन्छन्, ‘विगतमा जस्तै यसवर्ष पनि हामीले लक्ष्यअनुसारको विद्यार्थी भर्ना गर्न सफल भएका छौं ।’

विद्यार्थीको सफलतामा सधैं प्रतिबद्ध सेन्ट लरेन्सको मूल नारा नै हो- ‘तपाईंको सफलतामा हाम्रो प्रतिवद्धता’ । २६ वर्षको उकालीमा लरेन्सले उत्पादन गरेका सयौं विद्यार्थीले चिकित्सा, इन्जिनियरिङ, चार्टर अकाउण्टिङदेखि विज्ञानका क्षेत्रमा चामत्कारिक क्षमता प्रदर्शन गर्दै आएका छन् । विद्यार्थीका यस्ता सफलताले कलेजको नारालाई सार्थक बनाउन मद्धत गर्छ ।

यतिमात्र होइन, यहाँबाट उत्पादित विद्यार्थीले कार्यकारी भूमिकामा रहेर विभिन्न संघसंस्थालाई हाँकिरहेका छन् । ‘हाम्रो लागि यो गौरवको विषय हो,’ प्रिन्सिपल महर्जन भन्छन्, ‘हामी विद्यार्थीलाई पढाईमा मात्र फोकस गर्दैनौं उनीहरुको करिअर काउन्सिलिङमा पनि उत्तिकै ध्यान दिन्छौं त्यसैले हाम्रा विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल ठहरिन्छन् अनि हाम्रो प्रतिवद्धताले मुर्त रुप पाउँछ ।’

कलेजले विद्यार्थीलाई सामाजिकीकृत गराउने उद्धेश्यअनुसार विभिन्न क्लबमा आवद्ध गराएको छ । जसकारण विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नेदेखि सामाजिक उत्तरदायित्व बहन गर्नसमेत तिनै क्लबमार्फत सिक्छन् । ‘हामीले स्पोर्टस् क्लव, साइन्स एण्ड आइटी क्लब, कल्चरल क्लब, वातावरणीय क्लब, सोसियल क्लब, ग्रिन आर्मीलगायतका क्लबमा विद्यार्थीलाई आवद्ध गराउँछौं,’ महर्जन भन्छन्, ‘यी क्लबमा आवद्ध भएर विद्यार्थीहरुले नेतृत्व विकासका साथै जीवनोपयोगी शिक्षासमेत हासिल गर्छन् ।’

विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था

कलेजले विभिन्न विधामा विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । न्यून तथा मध्यम वर्गीय परिवारबाट आएका र प्राकृत्तिक विपद्को क्षेत्रका विद्यार्थीहरुका लागि बेग्लै छात्रवृत्तिको व्यवस्था गरिएको महर्जन बताउँछन् ।

‘आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर हामीले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेका छौं,’ प्रधान कलेजले प्रदान गर्ने छात्रवृत्तिबारे प्रकाश पार्दै थिए, ‘विद्यार्थीले एसईईमा प्राप्त गरेको जीपिए, प्रवेश परीक्षामा प्राप्त गरेको अंक, विद्यार्थीको अन्तरनिहित क्षमता लगायतका कुराहरुमा आधारित रहेर छात्रवृत्ति प्रदान गर्छौं ।’

साथै, कलेजले सरकारी विद्यालयबाट आउने विद्यार्थीका लागि सरकारी कोटाको छात्रवृत्ति दिने गरेको महर्जनले प्रष्ट पारे ।

प्रयोगात्मक शिक्षामा जोड

कलेजले सैद्धान्तिकका साथै प्रयोगात्मक शिक्षासमेत जोड दिँदै आएको छ । ‘किताबी ज्ञानले मात्र अब विद्यार्थीको भविष्य राम्रो बन्दैन भन्ने हामीले राम्रोसँग बुझेका छौं,’ महर्जन भन्छन्, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले विषयगत भ्रमण तथा तालिमहरु सञ्चालन गरिरहेका हुन्छौँ ।’

जसमा व्यवस्थापन संकायका विद्यार्थीले अकाउन्टिङ सफ्टवेयरका तालिम लिने अवसर पाउँछन् । त्यस्तै, ट्राभल एण्ड टुरिज्मका विद्यार्थीले टिकेटिङको तालिम, होटल म्यानेजमेन्टका विद्यार्थीले होटलमा तालिम र होटल भिजिटिङ गराइन्छ ।

विज्ञानका विद्यार्थीहरुको नियमित प्रयोगात्मक कक्षाबाहेक विभिन्न फिल्ड भिजिट, इन्डष्ट्रियल भिजिट, बोटानिकल गार्डेन भिजिटका लागि लगिन्छ । त्यसैगरी, मानविकी र कानूनका विद्यार्थीहरुका विषयअनुसारका तालिम तथा भ्रमण गराइने महर्जनले प्रष्ट पारे ।

हो, यस्तै प्रयोगात्मक ज्ञान र सीपले विद्यार्थीको सफलतामा लरेन्सले गतिलो साथ दिँदै आएको छ । उसो त कलेजले जप्ने मूल मन्त्र ‘तपाईंको सफलता हाम्रो प्रतिवद्धता’ले सार्थकता पाएको छ ।

मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउने सेन्ट लरेन्सले स्नातक तहमा बिएससी सीएसआईटी, बिसीए, बिएसडब्लू र स्नातकोत्तरमा एमबीएसका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?