२१ मङ्सिर २०८०, बिहीवार

प्रहरीको अपराध फाइल, देशभर कहाँ के भयो ?

२०७४,आश्विन,३०,सोमवार १२:२९

0
Shares

प्रहरीको अपराध फाइल, देशभर कहाँ के भयो ?प्रहरीको अपराध फाइल, देशभर कहाँ के भयो ?काठमाडौं, ३० असोज–सोमबार देशभर   विभिन्न घटना घटेका छन् । नेपाल प्रहरीको केन्द्रीय  समाचार कक्षका अनुसार घटनाका विवरण यस्तो छःगाँजा फडानी गरी नष्ट गरिएको  चागुँनारायण नगरपालिका–६ नगरकोट क्षेत्र अन्तरगत लामाटोल, पिपलबोट, डाँडाकोट र स्याउले बजारमा करीव ४ हजार बोट र सूर्यविनायक नगरपालिका–८ गोठालेघर क्षेत्रका करीव २ सय बोट प्राकृतिक रुपमा उम्रेका गाँजा महानगरीय प्रहरी परिसर भक्तपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानिय व्यक्तिहरु समेतको सहयोगमा सोमबार फडानी गरी नष्ट गरेको छ ।लागूऔषध सहित पक्राउकाठमाडौं : टोखा नगरपालिका–५ स्थित सडक किनाराबाट पाँचथरको मिकलाजुङ गाउँपालिका–२ बस्ने २६ वर्षीय सुवास आङदेम्बोलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, लुपिजेसिक ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित लागू औषध नियन्त्रण ब्यूराको प्रहरीले आइतबार पक्राउ गरेको छ ।पर्सा : कास्कीको पोखरा महानगरपालिका–१६ रानिपौवा घर भई हाल हाकिमचोक सिमरा बारा बस्ने ३३ बर्षीय सन्तोष गुरुङलाई लागूऔषध डाइजेपाम ४९ एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले गुरुङ्गलाई सोमबार बीरगंज महानगरपालिका– २१ परवानिपुरबाट उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।कास्की : पोखरा लेखनाथ महानगरपालिका–११ गौंडाको मुख बस्ने २६ बर्षीय दिपेश गुरुङलाई डाइजेपाम, फेनारागन र नर्फिन गरी ५० एम्पुल लागूऔषध सहित पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ मोरङ–  लेटाङ्ग नगरपालिका–३ बस्ने ३० बर्षीय कुमार दर्जीको कुटपिटबाट मृत्यु भएको छ । असोज २८ गते सोही नगरपालिका–४ बस्ने १७ बर्षीय जनम तामाङले कुटपिट गर्दा घाइते भएका दर्जीको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६