त्रिवेणी गाउँपालिकामा बाढी-पहिरोकाे कहर

लोकपथ
91
Shares

सुर्खेत । निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ ।

त्रिवेणी गाउँपालिका-२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् ।

सानीभेरी गाउँपालिका–३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन पाएन । घरका सम्पूर्ण सामग्री पूर्ण रुपमा क्षति भएका छन् ।

निरन्तरको वर्षापछि सानीभेरी नदीमा पानीको सतह बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन आग्रह गरिएको जानकारी दिए । केही परिहाले गाउँपालिका पनि आवश्यक तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?