राष्ट्र बैंकले फेरि ७ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री जारी गर्दै

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः सात अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वारा पुरानो नविकरण अन्र्तगतको उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

साउन २४ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ ।

यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ कार्तिक २२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको छ । यसअघि यही साउन १६ गते पनि १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?