सिद्धार्थ बैंकको प्रगति सन्तोषजनक

लोकपथ
91
Shares

काठमाडौं । १७औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंक आज देशको एक अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित हुन सफल भएको जानकारी बैंकले दिएको छ ।

हाल १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना सेयरधनीहरुलाई २५ दशमलव ७१ प्रतिसेयर आम्दानी दिन पनि सफल भएको जनाएको छ ।

बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुर्‍याउँदै आएको छ । बैंकले आ.व. २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको जानकारी दिएको छ ।

बैंकले अवलम्बन गरेको ग्राहकमैत्री अवधारणाको कारण, सिद्धार्थ बैंक आज ग्राहकहरुको प्रमुख रोजाइको बैंक बन्न सफल भएको छ । ग्राहकहरुको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रह्यो ।

त्यस्तै, आ.व. २०७८/७९ मा दुई लाख ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू बंैकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढीग्राहकहरुलाई बंैकिङ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले आफ्नो ग्राहकहरु मध्ये ६ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई मोबाइल बंैकिङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?