एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको छ : हरिबोल गजुरेल

लोकपथ
65
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताए । उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए ।

उनले प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको बताए । उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरुँ भन्नेमा सहमति दिनुपर्ने ठाउँमा, दुई तिहाई नभई त यो पारित हुँदैन ।

प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन । प्रतिपक्ष त अगाडि आउनुपर्‍याे । नि ल तपाईंहरु अगाडि बढाउनुस् हामी छौँ । तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ । यहाँ सोझै बोल्न गाह्रो छ ।’ उनले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुखद भएकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?