संघीयताबारे प्रश्न उठाउँदा धम्की आउँछन् : गोकुल बाँस्कोटा

लोकपथ
208
Shares

काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले संघीयतामाथि प्रश्न उठाउँदा धम्की आउने गरेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बाँस्कोटाले सो कुरा बताएका हुन् ।

आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको भन्दै आलोचना गरेका उनले संघीयता विरुद्ध आवाज उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आफूले सुनेको बताए ।’

बाँस्कोटाले प्रश्न गर्दै भने, ‘संघीय सरकारका टायरमाथि टायरबाट जनताले हविगत व्यहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।’

पछिल्लो समय संघीयताबारे टिकाटिप्पणी हुँदै आएको बताउँदै उनले सर्वसाधरणहरुले प्रदेश सरकार खोज्ने अवस्था आएको र यसको प्रभावकारीता शून्य बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?