सेयर बजारमा दोहोरो अंकको वृद्धि

लोकपथ
169
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । गत साता करिब २७ अंक घटेको बजार यस साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेर २१२३ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ११ अंकले बढेर ४०९ दशमलव ५६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये जीवन बीमा बाहेक अब्य सबै सूचकको सेयर मूल्य बढेको छ ।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ८९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?