नेविसंघले त्रिविमा लगाएको ताला खुल्यो

लोकपथ
130
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा लगाएको ताला खोलेको छ ।

त्रिवि सेवा आयोगका अध्यक्षले आफ्नो पदावधी सकिने दिनमा गर्न खोजेको कथित अन्तरवार्ता परीक्षा स्थगनसँगै नेवि संघले आयोगमा गरिएको ताला खोलेको हो ।

सेवा आयोगका अध्यक्षको पदावधी सकिएका प्राध्यापक डा. लालू प्रसाद पौडेलले व्यक्तिगत तथा केही अमुख राजनितिक पार्टीका कार्यकर्ता सेवा आयोग मार्फत भर्ति गरेको आरोप लगाउँदै नेविसंघले तालाबन्दी गरेको थियो ।

नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले आइतबार एक विज्ञप्ति जारी गर्दै ताला खुलेको जानकारी गराएका हुन् ।

परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पद रिक्त रहेको वर्तमान अवस्थामा पदपुर्ती नहुन्जेलसम्मको लागि आन्दोलन फिर्ता लिएको नेविसंघ त्रिवि समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?