गभर्नरविरुद्ध नेविसंघको प्रदर्शन, २१ जना पक्राउ (तस्बिरसहित)

लोकपथ
130
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रर्दशन गरेको छ ।

आइतबार बिहान नेविसंघले प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा महाप्रसाद अधिकारी राष्ट्र बैंकका गभर्नर होइनन्, एमालेका खास कार्यकर्ता हुन् लगायत गभर्नर अधिकारीको विरुद्धमा नारा लगाएका थिए ।

सो क्रममा प्रहरीले २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएका उनीहरुलाई प्रहरी वृत मालिगाँउमा राखिएको थियो । अहिले उनीहरु रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?