वाम–राष्ट्रवादी गठबन्धन निर्माण गर्न एमाले अग्रसर हुन आवश्यक : माले

लोकपथ
28
Shares

काठमाडौं । नेकपा मालेले देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थ अनुसारका कृयाकलापलाई रोक्न चुनावमा भाग लिने सबै वामपन्थी दलहरुलाई समेट्ने व्यापक वाम–सहकार्य वा गठबन्धन निर्माण गर्न आवश्यक रहेको जनाएको छ ।

यस्तो सम्भव नहुने स्थितिमा नेकपा (एमाले) न्यूनतम कार्यक्रममा आधारित वाम–राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक रहेको मालेको ठहर छ ।

‘सरकारले आउने मंसिर ४ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको परिप्रेक्ष्यमा देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थअनुसारका क्रियाकलापलाई रोक्नको निम्ति आमनिर्वाचन र प्रदेशको निर्वाचनको सन्दर्भमा चुनावमा भाग लिने सबै वामपन्थी दलहरुलाई समेट्ने व्यापक वाम–सहकार्य वा गठबन्धन निर्माण गर्न र यस्तो संभव नहुने स्थितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले न्यूनतम कार्यक्रममा आधारित वाम–राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक छ भन्ने ठहर बैठकले गरेको छ’, बैठकपछि प्रवक्ता कुमार बेलबासेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले संसदद्वारा १५ फागुनमा एमसीसी–सम्झौता अनुमोदन गरिए पश्चात मुलुकमा हिन्द–पश्चिमी स्वार्थ अनुकुलका क्रियाकलाप निष्कर्ष निकालेको छ । वर्तमान सरकार तथा त्यसको गठबन्धनका सँगसँगै एमसीसी पारित गराउने कार्यको विरोध जारी राख्ने निर्णयसमेत बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?