राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक स्वीकृत

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेकी छिन् ।

उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक स्वीकृत भएको जानकारी गराइएको हो ।

यस्तै, नागरिकतासम्बन्धी विधेयक संघीय सदन अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा टेबल गरिएपनि कारबाही प्रक्रिया अघि बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?