महालक्ष्मी विकास बैंकको नाफामा उछाल, अन्य सूचक कस्ता छन् ?

लोकपथ
13
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव आठ प्रतिशतले बढेर एक अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमश: ३९ अर्ब ८८ करोड १२ लाखबाट १५ दशमलव ९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२ दशमलव ९३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात दुई दशमलव ८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा शुन्य दशमलव ३७ प्रतिशतले सुधार भई २ दशमलव ४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थी वर्षमा २० प्रतिशत बोनस सेयर दिएर चार अर्ब एक करोड ८ लाख पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाले बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको छ ।

यस्तै, पुँजी पर्याप्तता अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूंजी कोष पाँच अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा शेयरधनी पुँजी कोष छ अर्ब ४२ करोड ९ लाख छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?