बर्खास्त नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी कार्यालयमा हाजिर

लोकपथ
221
Shares

काठमाडौं । सरकारले बिहीबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजिर भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।

बर्खास्त भएका अधिकारीले चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजिर गरेको निगमले जनाएको छ । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले बर्खास्तकाे निर्णयलगत्तै सोही दिन सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अधिकारीलाई तत्काल नहटाउन भनेको थियो । सर्वाेच्चले सरकारका नाउमा कारण देखाऊ आदेशसमेत दिएको थियो ।

सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने सरकारको यसअघिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै बिहीबार यो मुद्दाको किनारा नलाग्दासम्म कुनै कारबाही नगर्न भनेको हो ।

यसअघि गत असार २३ मा भएको सर्वाेच्च अदालतको अन्तरकालीन आदेश विपरीत हुने भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म हाल निर्णय कार्यान्वयन नगर्नू, नगराउन भनेको थियो । सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई बिहीबार बर्खास्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?