विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र एकतासम्म गर्ने समाजवादीको निर्णय

लोकपथ
78
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने भएको छ । शनिबार काठमाडौंमा बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरुसँग आवश्यकताअनुसार चुनाबी तालमेलसम्म गरिने जनाएको छ ।

अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय पनि गरेको छ ।’

नेपाल समाजवादी पार्टीमा महेन्द्रराय यादव पनि अध्यक्ष छन् । पार्टीको सो बैठकले विभिन्न राजनीतिक, सांगठनिकलगायतका महत्पूर्ण निर्णय गर्दै जिम्मेवारीसमेत दिएको जनाएको छ ।

बैठकले ९ जना कार्यकारिणी सदस्यलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ, भने १८९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत गठन गरेको छ । समाजवादी पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ, जारी विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?