वाणिज्य बैंकले सार्वजनिक गरे त्रैमासिक विवरण : कमाए ७४ अर्ब ४७ करोड नाफा

लोकपथ
78
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको निर्धारित समयभित्र गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले गत साउन ५ गते क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण २१ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था बमोजिम २६ वटै वाणिज्य बैंकहरुले शनिबारसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मम वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

असार मसान्तसम्म २६ वाणिज्य बैंकको कुल नाफा २३.२७ प्रतिशतले बढेर कुल ७४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष तरलता अभावका कारण बैंकहरुलाई आफ्नो व्यवसायलाई सोचेअनुरुप विस्तार गर्न नसके पनि नाफा भने वृद्धि गरेको छ । गत वर्ष २६ बैंकमध्ये २३ वटा बैंकको खुद नाफा बढाएका छन् भने ३ वटा बैंकको नाफामा गिरावट आएको छ ।

नाफामा राष्ट्रिय वाणिज्य बैंक अब्बल

गत आर्थिक वर्षको अन्त्यसम्म सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले सो अवधिसम्ममा आफ्नो नाफा ३७.३८ प्रतिशतले बढाएर ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ । बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना २५ प्रतिशतले वृद्धि भएको छ ।

नबिल बैंक पनि गत आर्थिक वर्षको सर्वाधिक नाफा कमाउने बैंकहरुको लिस्टमा परेको छ । नबिलले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एसियाले पनि नबिललाई पछ्याउँदै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ नाफा कमाउँदा एनएमबीले ३ अर्ब ७० करोड १३ लाख ररुपैयाँ नाफा कमाएको छ ।

यता, प्राइम कमर्सियलले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब २६ करोड ९७ लाख रुपैयाँ र सिद्धार्थले ३ अर्ब २१ करोड ९७ लाख खुद नाफा कमाउन सफल भएको छ ।

त्यसैगरी, कुमारी बैंकले २ अर्ब ८३ करोड ५२ लाख, मेगाले २ अर्ब ८३ करोड १८ लाख, प्रभुले २ अर्ब ६० करोड ३ लाख, एभरेष्टले २ अर्ब ५४ करोड ६० लाख, हिमालयनले २ अर्ब ४८ करोड २१ लाख, कृषि विकास बैंकले २ अर्ब ३६ करोड ४० लाख, सानिमाले २ अर्ब २९ करोड ९८ लाख स्ट्यान्डर्ड चाटर्डले २ अर्ब २६ करोड ९८ लाख, सिटिजन्सले २ अर्ब २५ करोड ११ लाख, सनराइजले २ अर्ब १५ करोड ९ लाख र एनसीसी बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ कुदा नाफा कमाएको छ ।

यता बैंक अफ काठमाडौं, नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकको नाफा एक अर्बभन्दा तल रहेको छ । यी बैंकहरुले क्रमशः १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, एक अर्ब ६० करोड ३५ लाख रुपैयाँ, एक अर्ब ३८ करोड ४६ लाख रुपैयाँ र १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

सर्वाधिक नाफा बढाउनेमा सिभिल बैंक

गत वर्ष सिभिल बैंक र सेञ्चुरी बैंकले सर्वाधिक नाफा बढाएको छ । गत वर्ष सिभिल बैंकले सबैभन्दा धेरै १६२ प्रतिशतर सेञ्चुरी बैंकले ११५ प्रतिशतले नाफा बढाएको छ।

यसैगरी नेपाल एसविआई बैंकले पनि ७० प्रतिशतले नाफा बढाएको छ भने एनसिसि बैंकले ५१ प्रतिशत, सनराइज बैंकले ४८ प्रतिशत, कुमारी बेंकले ४३ प्रतिशतले नाफा बढाएको छ।

सबैभन्दा कम नाफा बढाउनेमा लक्ष्मी बैंक रहेको छ । गत आर्थिक वर्षमा लक्ष्मी बैंकले १.७६ प्रतिशत मात्र नाफा बढाएको छ । बैंक अफ काठमाडौंले पनि नाफामा उल्लेख्य प्रगति गर्न सकेको छैन । बैंक अफ काठमाडौंले ४.८६ प्रतिशत र नबिल बैंकले ९.८३ प्रतिशतले मात्र नाफा बढाएको छ।

३ बैंकको नाफा घट्यो

गत आर्थिक वर्ष ३ वटा बैंकको नाफामा भने गिरावट आएको छ । गत असर मसान्तसम्ममा क्रिशुई विकास बैंक, हिमालयन बैंक र सानिमा बैंकको नाफामा गिरावट आएको हो ।

कृषि विकास बैंकको नाफामा २६.१६ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी हिमालय बैंकको नाफामा १७.२२ प्रतिशत र सानिमा बैंकको नाफामा १.०७ प्रतिशतले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?