सीके राउतले गरे ठाकुर र यादवसँग छुट्टाछुट्टै भेट

लोकपथ
78
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

अध्यक्ष डा.सीके राउतले भेटमा आसन्न प्रतिनिधि सभा चुनावमा सहकार्य गर्ने बारेमा कुराकानी भएको डा.राउतको सचिवालयले जनाएको छ । जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो ।

सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका छन् । जहाँबाट गत चुनावमा जसपा अध्यक्ष यादव सांसद चुनिएका थिए । राउतको सचिवालयका अनुसार जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?