सेन्चुरी बैंकको नाफामा उल्लेख्य सुधार

लोकपथ
65
Shares

काठमाडौं । सेन्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गट आर्थिक वर्षको सोही अवधिमा ११५.६७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशत र सञ्चालन नाफा १४२.१२ प्रतिशतले बढेसँगै खुद नाफा पनि बढेको देखिन्छ ।

बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेन्चुरीलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?