प्रचण्डले गरे हिरोसिमास्थित संग्रहालयको अवलोकन

लोकपथ
78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आणविक बम खसालिएको जापानको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित उनको भ्रमण टोलीका सदस्यहरुले आज संग्रहालय अवलोकन गरेका हुन् ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन ।

तर, हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।

जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण टोलीमा उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत सहभागि छन् । पाँचदिने जापान भ्रमण सकेर प्रचण्ड साउन २५ गते स्वदेश फर्किने छन् ।

तस्बिर : प्रचण्डको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?