अभियान लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

लोकपथ
91
Shares

काठमाडौं । अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।

जसमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?