१८ चैत्र २०७९, शनिवार

७ ओटा प्यारा ग्लाइडिङ फेवातालमा खसेपछि खैलाबैला

२०७४,आश्विन,३०,सोमवार ११:१७

0
Shares

३० असोज, कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ ।ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन् ।दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो ।पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए ।‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो ।’ गुरुङले भने ।प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।गुरुङले अस्पताल लैजानुपर्ने घाइते कोही पनि नभएको जानकारी दिए । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८