समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छ : मन्त्री श्रेष्ठ

लोकपथ
104
Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

२२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए ।

उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताउए । उनले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्छ । युग सुहाउँदो चलचित्र भन्नाले विज्ञानप्रविधिको हिसावले पनि सबैभन्दा माथि उठेको विज्ञानप्रविधिको प्रयोग हुनुपर्छ । अग्रगामी ढंगकको हुनुपर्छ । कथावस्तु पनि सामाजिक विषयवस्तुलाई समेटेर हाम्रो समाजमा भइरहेका घटनाहरुको हुनुपर्छ । प्रगतिशील दिशा दिने खालको हुनुपर्छ । व्यक्ति नभइ समाजलाई परिवर्तन गर्ने किसिमको हुनुपर्छ । समाजमा सामाजिक परिवर्तनसँग गाँसिएर समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक छ । दक्षिण एशियामा वंशानुगत पेशा बन्ने समस्या देखिएको छ । यो राम्रो होइन । त्यस्तो खालको प्रवृतिले राम्रो गर्दैन । समाज परिवर्तनको लागि नेतृत्व गर्ने व्यक्तिलाई कथाका पात्र बनाउनु पर्छ । चलचित्रमा खराब नभइ असल पात्रहरु रोल मोडेल पात्रहरुको जन्म हुनुपर्छ । यी कुराहरु ध्यानमा राखेर चलचित्रहरु निर्माण गर्नुपर्छ । आफ्नो संस्कृति, पहिचान झल्कने खालका चलचित्र बनाउन आवश्यक छ ।’

मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?