नेप्से २१ सय १३ दशमलव ५५ अंकमा, सातामा २३ अर्ब ४२ लाख सेयर खरिद-बिक्री

लोकपथ
104
Shares

काठमाडौं । सेयर बजारमा यो साता तिव्र उतारचढाव देखिएको छ । साताको सुरुवाती कारोबार दिन नेप्से उच्च अंकले बढेपछि साताभर नेप्से बढ्न सक्ने आंकलन लगानीकर्ताहरुले गरेका थिए । तर त्यसको बिपरित दोस्रो दिन नेप्से झिनो अंकले बढ्यो भने त्यसपछिका दिनहरुमा लगातार नेप्से घट्यो ।

यही उतारचढावका बिच नेप्से यो साता २१ सय १३ दशमलव ५५ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय छ दशमलव ४५ अंकमा खुम्चिएको छ ।

साताभर दुुई सय २० वटा कम्पनीहरुको मात्र सेयर कारोबार भएका छन् । जसबाट तीन लाख ३९ हजार नौं सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम २३ अर्ब ४२ लाख ६३ हजार एक सय छ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही बढी हो । गत साता भने नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको तीन लाख २५ हजार तीन सय ८५ पटक सेयर कारोबार भएको थियो ।

जसबाट चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से छ कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बढेपनि तेस्रो, चौंथो, पाँचौं र छैठौ दिन भने नेप्से लगातार घटेको थियो ।

सो मध्ये पहिलो दिन ५४ दशमलव ५८ अंकले बढेर २१ हजार ९५ दशमलव १० अंकमा चढेको नेप्से दोस्रो दिन एक दशमलव १५ अंकले बढेर दुई हजार एक सय ९६ दशमलव २५ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने दुई दशमलव ७६ अंकले घटेर दुई हजार एक सय ९३ दशमलव ४८ अंकमा झरेको नेप्से चौंथो दिन पुन छ दशमलव ७२ अंकले घटेर दुई हजार एक सय ८६ दशमलव ७६ खुम्चिएको थियो । यसैगरी पाँचौं दिन ३८ दशमलव ६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलव १६ झरेको नेप्से छैंठो दिन पनि पुन ३४ दशमलव ६१ अंकले घटेर २१ सय १३ दशमलव ५५ अंकमा सिमित हुन पुगेको छ ।

यसैगरी पहिलो दिन नौं दशमलव ७२ अंकले बढेर चार सय १९ दशमलव २० चढेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव ९४ बढेर चार सय २१ दशमलव १३ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन भने चार सय २१ दशमलव १३ अंकमा स्थिर रहेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन शुन्य दशमलव ६३ अंकले घटेर चार सय २० दशमलव ५० खुम्चिएको थियो । यसैगरी छैठौ दिन आठ दशमलव २५ अंकले घटेर चार सय १२ दशमलव २५ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठौ दिन पनि पाँच दशमलव आठ अंकले घटेर चार सय छ दशमलव ४५ अंकमा सिमित हुन पुगेको छ ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने शिवम सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नविल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोवार (संख्या र रुपैयाँमा)

दिन                            कम्पनी संख्या                  कारोवार संख्या             कित्ता                       कारोवार रकम
पहिलो दिन                    २२०                                 ६७७४०                     ११३३९४७६             ४६०९७९१२७२
दोस्रो दिन                      २१७                                 ६७२०५                     १०५१८७१२             ४६७७०९८७५६
तेस्रो दिन                       २१७                                 ५०३६५                     ७८१३१०२                ३२९३२३४७०६
चौंथो दिन                      २१८                                  ५७४२३                    ९५४२६०७               ४०२९९०४२५१
पाँचौं दिन                      २१५                                  ५६८१९                     ८५६९००५               ३७६८०७९१७३
छैठो दिन                      २१३                                   ४०४२४                    ६४१६६२९                २६२६१५४९४८
कुल                                                                     ३३९९७६                   ५४१९९५३१           २३००४२६३१०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?