१० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्धती योजना तथा रेमिटेन्स चिरायु मुद्धती योजना’ संचालनमा

लोकपथ
52
Shares

काठमाडौं । विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारंभ गरेको छ ।

यी मुद्धती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच आजको मिति देखिनै आरंभ भएको घोषणा गरेका हुन ।

शाखा प्रबन्धकहरु त्था बरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई अब्बल बनाउने घोषणा पनि गर्नभएको छ ।

सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत आदरणीय ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् । तथा रेमिटेन्स चिरायु मुद्धती योजना गा्रहक महानुभावहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।

यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउन सक्नेछन् । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै उनले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैकंले आफ्नो वेबसाईट मार्फत स्र्माट सर्भिसेज सेवा समेत सुचारु गरेको कुरा व्यक्त गरे ।

यस सेवा अन्र्तगत आफ्ना ग्राहकहरुले बैकंको वेबसाईट मार्फतनै विभिन्न कार्ड सम्बन्धी सेवाहरु मोबाईल र ई-बैकिङ्ग सम्बन्धी सेवाहरु शेयर सम्बन्धी सेवाहरु तथा क्यु आर सम्बन्धी सेवाह सहजताका साथ प्राप्त गर्न सक्ने छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?