बैंक अफ काठमाडौंले कमायो एक अर्ब ८१ करोड खुद मुनाफा

लोकपथ
130
Shares

काठमाडौं । बैंक अफ काठमाडौंले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब ८१ करोड दुई लाख ७६ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ७२ करोड ६४ लाख नौं हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैंयाँ रहेको बैंकले बैंकले आव २०७८–०७९ मा एक खर्ब नौं अर्ब ४४ करोड ३४ लाख ४१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ५१ करोड ११ लाख ४९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब तीन करोड ७१ लाख चार हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६१ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३० करोड नाैं लाख ४३ हजार रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब तीन अर्ब ४१ करोड ३४ लाख ३० हजार रुपैंयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड ८१ लाख ५६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब २६ करोड १५ लाख ६१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव शुन्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शुन्य तीन प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?