नेपाल बैंकको खुद मुनाफा तीन अर्ब २६ करोड

लोकपथ
247
Shares

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७८–०७९ मा तीन अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा भने बैंकको यस्तो नाफा दुई अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार रुपैंयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ९६ अर्ब छ करोड ३९ लाख ५२ हजार रुपैंयाँ निक्षेप संकलन एक खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ८८ करोड ४७ लाख ६१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव शुन्य आठ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा एक अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ३३ लाख ८३ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ४२ करोड चार लाख ६६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ४२ करोड चार लाख ४१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव शुन्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३४ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?