२६ श्रावण २०७९, बिहीवार

७ ओटा प्यारा ग्लाइडिङ फेवातालमा खसेपछि खैलाबैला

२०७४,आश्विन,३०,सोमवार ११:१७

0
Shares

३० असोज, कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ ।ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन् ।दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो ।पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए ।‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो ।’ गुरुङले भने ।प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।गुरुङले अस्पताल लैजानुपर्ने घाइते कोही पनि नभएको जानकारी दिए । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन

नवलपुर । नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२

काठमाडौं । आगामी पुस १७ अर्थात् जनवरी १ बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाे छ । आज (आइतवार)

काठमाडौं । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२
निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता
 २०७९,श्रावण,२६,बिहीवार १५:४८