टोकियोमा राजदूतद्वारा प्रचण्डको स्वागत

लोकपथ
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड जापानको टोकियो पुगेका छन् । पाँच दिने जापान भ्रमणका सिलसिलामा प्रचण्ड जापान गएका हुन् । प्रचण्डलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदी पुगेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।
प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?